इपिएलको अक्सनमा ७० खेलाडीमात्र समावेश

एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलाडी अक्सनका लागि १६० जना खेलाडीले नाम रजिस्टर गरेका छन्। एक सय ६० जना खेलाडीले नाम दर्ता गराएकोमा ७० जना खेलाडीलाई मात्रै अक्सनमा सहभागी गराइने भएको छ।

आयोजक इपिएलको प्राविधिक समितिले ६ वटा टिमसँग परामर्श गरेर १ सय ६० जनामध्ये ७० जना खेलाडीलाई मात्रै अक्सनमा सहभागी गराउने निर्णय गरेको हो। ए, बि र सी गरी तीन समूहमा छुट्याइएका खेलाडीको अक्सन कात्तिक ६ गते हुने इपिएलले जनाएको छ।

हरेक टिमले अक्सनबाट १०/१० जना खेलाडी किन्न सक्ने र तीन जना विदेशी खेलाडी पनि राख्न पाउनेछन्। आगामी हिउँदमा हुने इपिएलको लागि काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले खेल्नेछन्। विजेताले अहिलेसम्मकै सर्वाधिक २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) आगामी डिसेम्वरमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *