कीर्तिपुरमा बहुउद्देश्यीय स्टेडियम बनाइने

नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ। त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ।

 

नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे। कुल लागतको ७५ प्रतिशत अन्तर्राष्ट्रिय महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था गर्ने जनाइएको छ।

जग्गासम्बन्धी सम्झौतामा अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरे । कीर्तिपुर नगरपालिका–१० मा १८ देखि २० रोपनी जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए ।

चाँडै नै डीपीआर तयार गरी निर्माण  थाल्ने जनाउँदै अध्यक्ष मानन्धरले ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *