फ्रान्स विश्वकपका लागि छनौट, नेदरल्याण्डसका कप्तान रोबिनले लिए सन्यास

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले बेलारुसलाई २–१ ले हराएको हो ।

फ्रान्सलाई जिताउन ओलिभर जिरउड र एन्टोनी ग्रिजम्यानले गोल गरे । बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए ।

Antoine Griezmann set France on their way to the 2018 World Cup in a must win game by scoring the opener against Belarus

त्यस्तै राति नै भएको खेलमा स्वीडेनलाई २–० ले हराए पनि नेदरल्याण्डसले प्ले–अफमा स्थान बनाउन सकेन । नेदरल्याण्डसका लागि दुवै गोल रोबिनले गरेका हुन् । अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्डस भने बाहिरिएको छ ।

Robben scored a total of 37 goals and assisted 29 times in the 96 games he played

तीनपटकको उपविजेता तथा अघिल्लो विश्वकपमा तेस्रो भएको नेदरल्याण्डसका लागि प्ले–अफमा स्थान बनाउनका लागि सात गोल अन्तरको जित आवश्यक थियो । यो खेल सकिएसँग रोबिनले सन्यासको घोषणा गरेका हुन् । उनले सन्यासको निर्णय सहज नरहेको तर अब आफूले क्लब फुटबलमा नै आफ्नो पूर्ण ध्यान लगाउने बताएका छन् । ३३ वर्षका रोबिन जर्मन क्लब बार्यन म्युनिखबाट खेल्छन् । सन् २००३ को अप्रिलमा राष्ट्रिय टिममा डेब्यु गरेका रोबिनले ९६ क्याप्समा ३७ गोल गरेका छन् ।

Arjen Robben announced his retirement from international football on Tuesday night

यस्तै समूह ‘एच’ को खेलमा जिब्रालटारलाई ४–० ले हराएको ग्रिसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ । यसअघि नै छनौट भइसकेको बेल्जियमले साइप्रसलाई ४–० ले नै हरायो ।

Leave a Reply

Your email address will not be published.