फिफाद्वारा पाकिस्तान फुटबल संघ निलम्वन

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ।

पाकिस्तानी फुटबल संघको कार्यालय र यसको आर्थिक प्रशासन त्यहाँको अदालतले तोकिदिएको अधिकारीले सञ्चालन गरिरहेको छन् । फुटबल संघ स्वतन्त्र निकाय भएको र यसमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भन्दै फिफाले पाकिस्तानी फुटबल संघमाथि प्रतिबन्ध लगाएको हो।
फिफाको प्रतिबन्ध नहटेसम्म अब पाकिस्तानको राष्ट्रिय टोली तथा क्लबले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन्।

पाकिस्तान फुटबल संघको कार्यालय तथा आर्थिक प्रशासन स्वतन्त्र ढंगले चल्न नदिएसम्म प्रतिबन्ध फुकुवा नहुने फिफाले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *