नेपाल र ताजिकिस्तान आज भिड्दै

एएफसी एसियन कप छनोट अन्तर्गत आज (मंगलबार) अवे खेल नेपालले ताजिकिस्तानसँग खेल्दै छ। यसअघि घरेलु मैदानमै ताजिकिस्तानसंग पराजित भएकाले नेपालको लागि अवे खेल झन् कठिन हुनेछ। नेपाली समय अनुसार खेल साझ ६:४५ बजे हुनेछ।

नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्ध जित निकाल्दै ३ अंकका साथ नेपाल फर्कने बताएका छन्।

एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल ३ खेलबाट १ अंकका साथ पूछारमा छ। शुरुवाती दुई खेल हारेर पनि नेपाललाई हराएको ताजिकिस्तान ३ अंकका सात तेस्रोमा छ। शीर्ष दुईमा पर्ने सम्भावना कायम राख्न नेपालले ताजिकिस्तानलाई हराउनैपर्ने हुन्छ। यस्तै ७ अंक रहेको फिलिपिन्स पहिलो तथा ५ अंक जोडेको यमन दोस्रो स्थानमा छ।

नेपालले पहिलो खेलमा फिलिपिन्स तथा तेस्रो खेलमा ताजिकिस्तानसंग हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसंग बराबरी खेल्दै पहिलो अंक जोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *