ताजकिस्तानसँग नेपाल ३-० ले पराजीत, ३ गोल नै पेनाल्टीमा

एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज साँझ ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली ३-० गोल अन्तरले पराजीत भएको छ।

गोलरक्षक किरण कुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोली ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता लिएको हो । खेलको दोस्रो हाफमा दोस्रो र तेस्रो गोल पनि ताजकिस्तानले पेनाल्टी मार्फत नै हासिल गरेको हो।

नेपाली टोलीले १४ औं मिनेटमा गोल गर्ने अवसर पाएपनि विमल घर्ती मगरको हेडर बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *