कर्ण लिम्बुको ह्याट्रिकमा जलथल सेमिफाइनलमा प्रवेश

सबिन सेर्मा झापा :

जलथल फुटबल क्लव झापाको शिवशताक्षिमा जारी प्रथम निशान राई (बिजु) स्मृति कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको तेस्रो क्वाटरफाइनल खेलमा भानु स्पोटिङ्ग क्लवलाई ७-० को फराकिलो गोल अन्तरले हराउदै अन्तिम चारमा स्थान पक्का गरेको हो।


खेलको ३२ औ मिनेटमा जलथल फुटबल क्लवका खेलाडि हाङ्गसु लिङ्गदमले कर्ण लिम्बुको सट पासमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ४१/६२/६६ औ मिनटमा कर्ण लिम्बुले गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यस्तै खेलको ५३/६४ औ मिनेटमा बिक्रम राईले ब्यत्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमको लागि गोल अन्तर छैटौ गोल गरे। खेलको ५५ औ मिनेटमा हाङ्गसु लिङ्गदमले ब्यत्तिगत दोस्रो गोल बिनोद मेचेको कर्नर बलमा हेडमार्फत गरेका थिए।


आजको खेलको म्यान अफदि म्याच जलथल फुटबल क्लबका कर्ण लिम्बु भए। उनले नगद रू १००० प्राप्त गरे।
भोलिको खेल दमक फुटबल एकाडेमि ट्रेनिङ्ग सेन्टर बिरूद्ध डि.वाई.सी काकँडभिट्टा।

Leave a Reply

Your email address will not be published.