माउण्ट स्टार फुटबल कार्तिकमा हुने

माउण्ट स्टार युथ क्लब बुटवल रुपन्देहीद्वारा कार्तिक १० गते देखि चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता नहरपुर मा. वि. मा हुनेछ। खेल दिउसो २ बजे हुनेछ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: रु २,०५,००० र रु. १,०१,००० प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनलमा पराजय हुने दुवै टिमले रु. २५,००० पाउनेछ।

खेलको म्यान अफ द म्याचले रु २,५००/- , बेस्ट प्लेयरले रु. ११०००/-, हाई स्कोररले रु. ११,०००/- , उत्कृष्ट गोलकिपरले रु. ५०००/-, उत्कृष्ट टिमले रु. ५०००/-, उत्कृष्ट डिफेन्सले रु. ५०००/- पाउनेछ।

प्रतियोगितामा सहभागी हुने चाहने टिमले कार्तिक ८ गते सम्म सिद्धबाबा बुक्स तथा स्टेशनरीमा दर्ता गर्नु पर्नेछ। दर्ता शुल्क १२००० रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *