केन्यासंग नेदरल्याण्ड्स २ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको खेलमा केन्याले नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गरेको छ। नेदरल्याण्ड्सले दिएको २ सय २५ रनको लक्ष्य केन्याले ३ बल बाँकी रहँदा ८ विकेट गुमाएर पुरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि डब्लू बारेसीले ६९ रन, एसजे माइबर्ग ५० रन र रिपोनले ५१ रन जोडेका थिए । केन्याका शेम गोचेले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारे ।

जवाफमा डीएम गोन्दरियाको ६३ रन र सीओ ओबुयाले ५६ रनको पारीको मद्धतले केन्याले २ विकेटको जित हात पार्यो । जितसँगै केन्या १२ खेलबाट १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १८, दोस्रो स्थानका पवुवा न्यूगिनीको १६ र तेस्रो स्थानको स्कटल्याण्डको १५ अंक छ ।

१० खेल खेलेका हंगकंग र नेपालको क्रमशः ११ र ८ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *