एएफसी च्याम्पियनसिपका लागि राष्ट्रिय फुटसल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ ।

फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्टप्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो ।

१४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका हुन् । नेपालले फुटसलइतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । इरानमाअक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिप छनौट चरणमा नेपाल समूह ‘ए’ मा परेको छ नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान रहेको छ ।

नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने त्यसको भोलिपल्ट किर्गिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलअन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ । समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमाप्रवेश पाउनेछ । प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ ।

Announced final squad for the AFC Futsal Championship 2018 Qualification:

 

S.NO NAME REMARKS
1 ANISH SHRESTHA GK
2 SUMIT KUMAR ALE GK
3 SAURABH RAKHAL MAGAR DF
4 SUSAAN SHRESTHA FW
5 RAJ SHAHI DF
6 AMIT TAMANG DF
7 SANJOG MAHARJAN FW
8 ARUJ SINGH MF
9 NIRMAL GURUNG FW
10 SURAJ RAUT FW
11 NABIN LAMA MF
12 BINOD GURUNG MF
13 MANI KUMAR RANA MF
14 ABHAY RANA MF

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *