अमेरिकासंग पानामा ४–० ले पराजित

विश्वकप फुटबलमा छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा अमेरिकाले पानामामाथि ४–० को जित निकाल्दै विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।

अमेरिकाको जितमा जोजी एल्टिडोरले १९ र ४३ औँ मिनेटमा दुई तथा क्रिष्टियन पुलिसिकले ८ औँ मिनेटमा र बबी वुडले ६३ औँ मिनेटमा गोल गरे ।

जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ । अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ ।

कोस्टारिकाले आइतबार होण्डुरसँग खेल्दैछ । यो क्षेत्रबाट मेक्सिको छनौट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *