इंग्ल्यान्डद्वारा वेष्टइण्डिज पराजित

वेष्टइण्डिजसंगको एकदिवसीय क्रिकेट श्रीङ्खला इग्ल्याण्डले जितेको छ । पाँचौ एकदिवसीय खेल गएराती ९ विकटले जित्दै इग्ल्याण्डले श्रीङ्खला ४–० ले आफ्नो पक्षमा पारेको हो।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो। त्यसमा एस होपले सर्वाधिक ७२ रन बनाए। जवाफमा इंग्ल्यान्डले ३८ ओभरभित्र खेल आफ्नो पक्षमा पारेको थियो।
घरेलु टिमले एक विकेट मात्र गुमाएर २ सय ९४ रन बनायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *