वर्षाले प्रभावित खेलमा भारत विजयी

अलराउन्डर हाद्र्धिक पान्ड्या ब्याट र बल दुवैबाट चम्केपछि वर्षाले प्रभावित पहिलो वान डेमा भारतले आइतबार राति अस्ट्रेलियालाई २६ रनले हराएको छ ।

जितका लागि २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले जवाफमा नौ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । युजभेन्द्र चाहलल र कुलदीप यादवले एक आपसमा पाँच विकेट लिए ।

यसअघि भारतले पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय ८१ रन बनाएको थियो । यस जितपछि भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *