नेपालद्वारा भुटान ५० रनमै अल आउट

एसिसी यू–१९ एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ५० रनमा रोकेको छ।

मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् ।

भुटानका लागि उगेन दोर्जे र टासी फुन्टोसोले समान १३ रनको योगदान दिए। अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *