५०० टेस्ट विकेट लिने पहिलो इङ्गलिस बलर

जेम्स एन्डरसन ५०० टेस्ट विकेट लिने पहिलो इङ्गलिस बलर भएका छन् । उनले लर्डसमा वेस्ट इन्डिजविरुद्ध चलिरहेको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार यो उपलब्धी हात पारेका हुन् ।

 क्रेग ब्राथह्वाइटको विकेटसँगै उनले यो उपलब्धी हात पारेका हुन् । ‘यो उपलब्धीमा म निकै खुसी छु । यसले पनि देखाउने गर्छ, मैले कति धेरै क्रिकेट खेलें भनेर,’ एन्डरसनले प्रतिक्रिया दिएका छन्।

उनी ५०० टेस्ट विकेट लिने छैटौं बलर हुन् । यस्तै उनी यस्तो उपलब्धी चुम्ने तेस्रो सिमर मात्र हुन् । दोस्रो दिनको समाप्तीमा वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै तीन विकेटमा ९३ रन बनाएको छ।

यो २२ रनको अग्रता हो । इंग्ल्यान्डले यसअघि १ सय ९४ रन बनाएको थियो । वेस्ट इन्डिजको पहिलो इनिङ्स १ सय २३ रनमा समेटिएको थियो।

Leave a Reply

Your email address will not be published.