नाडाल युएस ओपन टेनिसको फाइनलमा

२४ भदौ – विश्व नम्बर एक राफायल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको सेमिफाइनलमा २४ औं बरियताका आन मार्टिन डेल पोत्रोलाई हराउँदै नाडालले फाइनलमा स्थान पक्का गरेका हुन्।

पहिलो सेट डेल पोर्टोले ६-४ ले जित्दै १-० को अग्रता लिएका थिए। तर त्यसपछिका लगातार तीन सेट ६-०, ६-३, ६-२ ले जित्दै नाडाल उपाधि नजिक पुगेका हुन्। नाडाले २०१० र २०१३ मा युएस ओपनको उपाधि जितेका थिए।

उनी १६औँ ग्राण्ड्सलाम उपाधि जित्ने अभियानमा छन्। यसका लागि नाडालले फाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरसनसँग प्रतिस्पर्भा गर्नेछन्। पहिलो पटक कुनै पनि ग्राण्ड्सलामको फाइनल पुग्ने क्रममा एण्डरसनले पाब्लो केरेनोलाई ४-६,  ७-६, ६-३, ६-४ ले हराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *