एभरेष्ट प्रिमियर लिग खेल्ने टिम र खेलाडी सार्वजनिक

भदौ २३, काठमाडौं– आउँदो डिसेम्बरमा सुरु हुने एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा सहभागी हुने टिम र मुख्य खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ६ टिम र मुख्य खेलाडीको नाम सार्वजनिक गरिएको हो । इपिएलमा सहभागी हुने काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रिएट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सका मुख्य खेलाडी सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिमका खेलाडीमा शरद भेषावकर भैरहवाबाट, शक्ति गौचन पोखराबाट, ज्ञानेन्द्र मल्ल ललितपुरबाट, सोमपाल कामी काठमाडौँबाट, दिपेन्द्रसिंह ऐरी चितवनबाट र पारस खड्का विराटनगर टिमबाट खेल्ने छन । २१ लाख रुपैयाँ राशीको इपिएलमा टिमका अरु खेलाडी बोलकबोलबाट छानिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *