फिफा अध्यक्ष जियानीलाई नेपाली जर्सी उपहार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सीसहितको तस्बिर बुधबार सार्वजनिक भएको छ ।

अध्यक्ष इन्फान्टिनोलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनकै नाम अंकित ९ नम्बरको जर्सी उपहारस्वरुप पठाएका थियो । गत साता नेपाल आइपुगेका फिफाका एसिया र ओसिनिया महादेशका सदस्य राष्ट्रका निर्देशक संजिवन बालासिङ्घमले उक्त उपहार फिफाको ज्युरीचस्थित मुख्यालयमा पुर्‍याएका थिए ।

Leave a Reply

Your email address will not be published.