माछापुच्छ्रे क्रिकेट लिगमा आयोजक माछापुच्छ्रे ३४ रनले विजयी

पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा आयोजक माछापुच्छ्रे लायन र भि.एम. वारियर्स बाग्लुङ बिच भएको थियोे र उक्त खेलमा माछापुच्छ्रेले ३४ रनले जित हात परेको छ ।

खेलमा माछापुच्छ्रेका दीपेश खत्री म्यान अफ द म्याच भएका छन।उनले ४ ओभर गर्दै २ मेडेन सहित ५ रन खर्च गरेर १ विकेट लिएका थिए भने ब्याटिङतर्फ ४० बलमा २८ रन हानेका थिए ।

पहिलो ब्याटिङ गरेको माछापुच्छ्रेले निर्धारित २० ओभरमा अलआउट हुँदै १११ रन बनाएको छ। माछापुच्छ्रेका लागि कप्तान दिपेश खत्रीले ४० बलमा २८ रन बनाए जो सबैभन्दा बढी रन हो। भि.एम. वारियर्सका सन्देश छन्त्यालले ३.५ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट दिलाए। भि.एम. वारियर्सले २० ओभरमा ७७/८ हुँदै ३४ रनको हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *