श्रीलंकालाई ६ विकेटले हराउँदै भारतद्वारा सिरिज ५-० ले कब्जा

भारतले पाँचौ तथा अन्तिम एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले हराउँदै सिरिज ५-० ले कब्जा गरेको छ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको भारतले ४३.३ ओभरमा नै ४ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतका लागि ओपनर रोहित शर्माले १६ रन र अजिंक्या रहाने ५ रनमा आउट भएपनि कोहलीले अविजित ११० रनमा बनाए। त्यस्तै केदार जाधवले ६३ रनको अर्धसतकीय पारी खेले।

श्रीलंकाका लागि लनसिथ मलिंगा, विश्वा फर्नान्डो, वानिडु हसरंगा र मालिन्दा पुष्पकुमाराले एक-एक विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । कप्तान उपुल थरंगाले ४८ , लहिरु थिरीमानेले ६७ र एञ्जेलो म्याथीयुसले ५५ बाहेक श्रीलंकाका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकालाई सस्तोमा समेट्न भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राहले २ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published.