खेलकुद पत्रकार मञ्चलाई मिडिया कप फुटसलको उपाधी

सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडिया फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद खेलकुद पत्रकार मञ्चले जितेको छ ।

सोमबार भएको फाइनलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५-१ गोलअन्तरले पराजित गरेको हो । खेलकुद पत्रकार मञ्चको जीतका लागि दिल तामाङले २ तथा निशान राई, सुवास हुमगाईं र दिपेन्ऽ पोख्रेलले १/१ गोल गरे । यस्तै, माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले सान्तोवना १ गोल र्फकाए ।

सोमबार बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५-२ र माउण्टेलन टेलिभिजनले फोटपत्रकार क्लवलाई ३-१ ले जितेको थियो ।

खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए ।

विजेता खेलकुद पत्रकार मञ्चले नगद ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

स्वर्गीय पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको स्मृतीमा गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.