राष्ट्रिय फुटसल लिगमा खालीबारी फुटसल, खुमलटार विजयी

राष्ट्रिय फुटसल लिग अन्तर्गत आज (आइतबार) भएको खेलमा बिजी ब्रदर्स र किकअफ फुटसलले ५-५ को बराबरी खेलको छ ।

त्यस्तै आज नै भएको खेलमा खालीबारी फुटसलले बिजी फुटसललाई १-० ले, धनवन्तरी फुटसलले हरिसिद्धि फुटसललाई ५-२ ले तथा खुमलटार युवा क्लबले स्वयम्भू रिक्रिएसनल सेन्टरलाई ५-३ ले हरायो।

यस्तै स्तुपा फुटसलमा भएको खेलहरुमा ढुकु फुसल हब र आयोजक स्तुपाले ४-४ गोलको बराबरी खेलेका छन् भने रजिनीले चउरलाई ६-५ ले, शंखमुलले सामाखुशीलाई ८-७ ले तथा रेभले फुटसल भिलेजलाई ८-२ ले हरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *