स्वयम्भू रिक्रिएसनसंग बिजी ब्रदर्स ७-५ ले पराजित

राष्ट्रिय फुटसल लिग अन्तर्गत आज (शनिबार) भएको खेलमा स्वयम्भू रिक्रिएसन सेन्टरले बिजी ब्रदर्सलाई ७-५ ले पराजित गरेको छ।

स्तुपा फुटसल एरेनामै भएको अन्य खेलमा बिजी फुटसलले धनवन्तरी फुटसललाई ५-३, हरिसिद्धि फुटसलले खुमलटार युवा क्लबलाई ४-२ तथा किक अप फुटसलले खालीबारीलाई ६-४ ले पारजित गरेको छ।

चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा रेभ फुटसल र सामाखुशी फुटसले २-२ तथा ढुकु फुटसल हब र चउर रिक्रिएसनले १-१ को बराबरी खेलका छन्। रजिनी पुटसलले फुटसल भलेजलाई ६-१ तथा शैखमुलले स्तुपा फुटसललाई ४-२ ले हरायो।

Leave a Reply

Your email address will not be published.