राष्ट्रिय फुटसलमा शंखमुल,भिलेज फुटसल विजयी

राष्ट्रिय फुटसल लिग अन्तर्गत आज (शुक्रबार) भएको खेलमा शंखमुल फुटसल विजयी भएको छ।शंखमुलले रजनी फुटसललाई ९-२ गोल अन्तरले पराजित गरेको हो ।

स्तुपा फुटसलमा भएको अन्य खेलमा फुटसल भिलेजले ढुकु फुटसललाई ८-७ गोलले र चउर रिक्रिएसन सेन्टरले रेभ फुटसल सेन्टरलाई ३-२ ले पराजित गर्‍यो। आयोजक सत्पा भने सामाखुशी फुटसलसँग ३-२ ले पारजित भयो।

त्यस्तै यता चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा कि अफले हरिसिद्धिलाई ८-२ ले हरायो। बिजी फुटसलले खुमलटार युवा क्लबलाई ६-१ ले, धनवन्तरीले स्वयम्भू रिक्रिएसनललाई ७-२ ले तथा खालीबारीले बजी ब्रदर्सलाई ५-० ले पराजित गर्‍यो।

Leave a Reply

Your email address will not be published.