गणेश बहादुर स्मृति कप क्रिकेट भदौमा हुने

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ १६ गतेदेखि भदौं २४ गतेसम्म हुनेछ।

प्रतियोगिता काठमाडौंको टुडिखेलमा हुने आयोजकले आज (बिहिबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेक्सस र ओमेगा कलेजले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्काे खेलमा केसीटिसी र र पुलिस स्कुल साँगाबीच खेल हुनेछ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एनसीए, ओमेगा, कलेज, क्यानन, क्लब, जिएजसीए बी, राइजिड, जिएजसीए ए, एकआइसी ए र केसीटीसी बी रहेका छन् ।

यस्तै समूह ‘बी’ मा नेपाल पुलिस स्कुल सागा, केसीटीसी ए, आयोजक नेक्सस, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन बुटवल, आरसीए र सगरमाथा क्रिकेट क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट वलर, ब्याटसम्यान र म्यान अफ द म्याचलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगितालाई डब्लुआरआई कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ भने, राजश्री गुरुकुल स्कुलले प्रथम पुरस्कार तथा ललितपुर इन्जिनियररिङ कलेजले दोस्रो पुरस्कार प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published.