राष्ट्रिय फुटसल लिग भोलिदेखि हुँदै

काठमाडौंमा भोलि (बिहीबार) देखि सुरु हुने राष्ट्रिय फुटसल लिगको तयारी पुरा भएको छ ।प्रतियोगिताको भदौ २५ गतेसम्म हुनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नेछन् । १६ वटा टिमले भाग लिने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्ड र किपरलाई २० हजारका दरले पुरस्कार दिइने पनि एन्फाले जनाएको छ ।

फुटसल लिगको लागि एन्फा र टर्नपाइक प्रालिबीच ५ वर्षको सम्झौता यसअघि नै भइसकेको छ । सहमति अनुसार प्रतियोगितमा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाई रकम टर्नपाइकले बेहोर्नेछ भने एन्फाले एक तिहाई बेहोर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी छनौट गरेर आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को लागि टिम बनाइने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.