प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र न्युक्यासल विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० ले परजित गरेको छ। यो जितसंगै युनाइटेडले लगातार तेस्रो जित दर्ता गरेको छ ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कस रास्फोर्डले ७० औं मिनेटमा गोल गरेपछि युनाइटेडले सुरुवाती अग्रता लिएको हो । ८२ औं मिनेटमा मारुउएना फेलाइनीले गोल गरेपछि जोसे मोरिन्होको टिमले २–० को जित निकाल्यो ।

Marcus Rashford came off the bench to score the opener for Manchester United as they beat Leicester 2-0 at Old Trafford

तीन खेलबाट ९ अंक जोडेको युनाइटेड ९ अंकसहित शीर्ष स्थानमा छ ।

राति नै भएको खेलमा न्युक्यासलले वेष्ट ह्यामलाई ३–० ले हरायो । न्युक्यासलका लागि जोसेलुले ३६ औँ मिनेटमा, केरन क्लार्कले हेडिङमार्फत ७२ औँ मिनेटमा र खेलको अन्तिमतिर मिट्रोभिचले गोल गरे ।

Joselu celebrates with his team mates and takes the adulation of the fans after giving them a much-needed boost

अर्को खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो । स्वान्सीका लागि टाम्मी अब्राहामले ४४ औँ मिनेटमा र आन्द्रे आयुले ४८ औँ मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.