साफ यू-१५ मा भुटानसंग श्रीलंका ६-० ले पराजित

साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत आज (आइतबार) भएको तेस्रो खेलमा भुटानले श्रीलंकालाई ६-० फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानका लागि ८ र २४ औं मिनेटमा दोर्जी खान्दोले, किन्गा वाङ्गचुकले ३१ औं मिनेटमा, क्लेजाङ्ग दोर्जीले ४३ औं मिनेटमा र अतिरिक्त समयमा र खेलको अन्तिम मिनेटमा सिद्धार्थ गुरुङले गोल गरे।

भुटानको जितसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने बंगलादेशको पनि अन्तिम चारमा स्थान पक्का भएको छ । मंगलबार हुने भुटान र बंगलादेश बीचको नतिजाले समूह ‘ए’ को बिजेताको टुंगो लगाउने छ । भोलिको खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्ने छ । माल्दिभ्ससँगको जितले नेपाललाई अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *