ग्रेट हिमालय दुबईतर्फ

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू–१९ टोली आज (शुक्रबार) राती युएई भ्रमणमा जाँदैंछ । ग्रेट हिमालयले ५ दिने भ्रमणमा इमिरेट्स क्रिकेट ट्रेनिङसँग चार ट्वान्टी–२० म्याच खेल्ने छ । द्धिपक्षीय शृंखला अन्र्तगत दुबईको टोली पनि यस वर्षसम्म नेपाल भ्रमणमा आउने छ ।

सवै खेलहरू अजमान ओभल मैदानमा हुनेछ । ग्रेट हिमालयका अध्यक्ष सुदीप शर्माका अनुसार चार म्याच नै फ्लड लाइटमा खेलिने छ । युएई जाने टोलीमा उनी प्रशिक्षक पनि हुन् । टोलीको व्यवस्थापकमा तेजेन्द्र राजभण्डारी छन् ।

खेलाडीहरूमा आशुतोष घिरैया (कप्तान), सोहम अर्याल, परिक्षित ढकाल, सौगात दंगाल, रमेशबहादुर खडा, पुनितकुमार यादव, हर्षविक्रम अधिकारी, दीपेश पौडेल, विपिन उपाध्याय, अनुभव कार्की, अकुच अधिकारी, आदित्य मेहता, अभिषेश थापामगर छन् । खेलाडीका अभिभावक, एकेडेमी र प्रायोजकबाट भ्रमणको खर्च जुटाइएको शर्माले जनाए ।

ग्रेट हिमालयले यसअघि २०१५ मा भारत तथा २०१६ र २०१७ मा बंगलादेश भ्रमण गरेको थियो । ‘प्रतियोगिता खेलेरमात्र एउटा खेलाडीलाई अगाडि बढ्न गाह्रो हुन्छ, यो हामीले यसअघिका भ्रमणबाट मनन गरेका थियौं,’ शर्माले भने, ‘त्यसैले खेलाडीलाई बढी एक्सपोज गराउन हामीले भ्रमण गराउदै आएका छौं । शृंखलाको यो सुरुवात हो । २०१७ सम्ममा दुबईको टिम पनि नेपाल आउने छ ।’

राष्ट्रिय खेलकुद परिषदा सदस्य सचिव केशवकुमार विष्ट, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानो र राष्ट्रिय खेलाडी एवंम ग्रेट हिमालयका प्रशिक्षक नरेश बुढाएरले टोलीको विदाई गरेका थिए । ‘क्रिकेट खेल नेपाली युवाको गन्त्वय र सपना हो । उनीहरूको सपनालाई पुरा गर्नु अहिले क्रिकेटमा लागेकाहरूको दायित्व हो,’ विष्टले भने, ‘एकेडेमी चलाउन ठुलो चुनौती छ । ग्रेट हिमालयले यस्तो अवसर नै मिलाइदिएको प्रयास सराहनीय छ ।’

टमाटाले विदाईमा भने, ‘सवैभन्दा ठुलो अनुभव हो । यो भ्रमणमा अनुभव बटुल्नु महत्वपूर्ण हुनेछ । अभ्यास र प्रतियोगिता खेल्नु निकै फरक छ । यो उमेरमा फ्लड लाइटमा खेल्न पाउनु ठुलो अवसर हो । त्यसैले यस अवसरलाई सदुपयोग गर्नुस ।’

 

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *