गजराज जोशी स्मृती कप फुटबल प्रतियोगिता आजदेखि

श्री टोखा भगवती क्लबको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको स्मृतीमा गजराज जोशी स्मृती कप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आज (बिहिबार) देखि २० दिन सम्म सञ्चालन हुनेछ।

टोखास्थित भुतखेल खेल मैदानमा हुने प्रतियोगितामा २० टिमको सहभागीता रहनेछ। प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ ।

यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५–५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राजकाजी श्रेष्ठले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *