पाथीभरा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज (सोमबार) भएको फाइनल खेलमा सगरमाथा युवा क्लब मोरङलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

चर्च ब्वाइजका लागि जाङ्बू शेर्पा, राज पौडेल र राजकुमार कन्दङ्वाले एक–एक गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ भने मोरङका मनोज राई घोषित भए ।

प्रतियोगिताको विजेता चर्च ब्वाइजले नगद रु. २ लाख ११ हजार १११ र उपविजेता मोरङले नगद रु. १ लाख ११ हजार १११ पुरस्कार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *