रियल म्याड्रिडद्वारा बार्सिलोना ३-१ ले पराजित, रोनाल्डोलाई रेड कार्ड

स्पेनिश सुपर कपको पहिलो लेगमा आइतबार राति रियल म्याड्रिड र बार्सिलोनाबीच भएको खेलमा रियल म्याड्रिडले ३-१ को जीत हात परेको छ। यी दुई टोलीबीच नयाँ सिजनको यो पहिलो ‘एल क्लासिको’ भएको हो।

रियल म्याड्रिडका लागि ५० औ मिनेटमा आत्मघाती गोल हुन पुग्यो भने ८० औ मिनेटमा रोनाल्डोले सुन्दर गोल गर्दै जीत आफ्नो पोल्टा मा पारेको हो। गोल गरेसँगै रोनाल्डोले जेर्सी खोल्दा पहिलो पहेलो कार्ड र ८२ औ मिनेटमा स्यामुएल उमटिटीसँगको ट्याकलका लागि रोनाल्डोल दोस्रो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको हो। अन्तिम ९० औ मिनेटमा मारकोले गोल गरे।

बार्सिलोनाका लागि एक मात्र गोल मेस्सीले पेनाल्टी मार्फत ७७ औ मिनेटमा गरे।

सुपर कपको दोस्रो लेग बुधबार हुनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् ।

कन्फेडेरेसन कपपछि लामो समय विदामा बसेका रोनाल्डो शनिबार रियलले अभ्यास गर्दा सामेल भएका थिए ।

युइएफए सुपर कपको फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ ले जित्दै रियलले उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published.