टोटेनहमका पुर्व मिडफिल्डर पौलिन्हो बार्सिलोनामा अनुबन्धित

बार्सिलोनाले टोटेनहम हट्सपरका पुर्व मिडफिल्डर पौलिन्होलाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा पौलिन्होलाई क्लब भित्र्याएको हो।

२९ वर्षीय पौलिन्होले इङ्गल्याण्डमा रहेर ६७ खेलमा ११ गोल गरेका थिए। ब्राजिलका राष्ट्रिय टोलीका सदस्य रहेका उनले आगामी विश्वकपमा स्थान बनाउन बार्सिलोनासँग रहेर थप सहयोग पुग्ने बताए।

बार्सिलोनाले पौलिन्होसँगै अर्का ब्राजिलियन मिडिफिल्डर कौटिन्होलाई पनि पछ्यारहेको छ। यद्दपी कौटिन्होलाई भने लिभरपुलले कुनै हालतमा पनि नबेच्ने प्रष्ट्याउँदै आएको छ। कौटिन्होले भने आफु क्लब छाड्न इच्छुक रहेको ओपचारिक जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *