जागृतिलाई २–१ ले हराउँदै चर्च व्याइज सेमिफाइनलमा प्रवेश

पाथीभरा गोल्डकप अन्तर्गत आज (बिहिबार) भएको खेलमा चर्च व्याइज विजयी भएको छ । चर्च व्याइजले राष्ट्रिय जागृति क्लब इटहरीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चर्च व्याइजका लागि मार्टिन अजयले ७ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । तर, राष्ट्रिय जागृतिका भोला राईले ५६ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

निर्धारित अवधिभर बराबरी गोल भएपछि खेलका लागि १० मिनेट अतिरिक्त समय दिइयो । अतिरिक्त समय सुरु भएको तीन मिनेटमै चर्च व्याइजका लागि राज पौडेलले गोल गर्दै अग्रता दोब्बर पारे ।

शुक्रबार सगरमाथा युवा क्लब बिराटचौक मोरङ र फिदिम स्पोर्टिङ क्लब पाँचथर बिच हुने क्वाटरफाइनल खेलसँगै सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *