गोर्खालाई टाइब्रेकरमा ४–३ ले हराउँदै दमक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब दमक सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ क्लब दमकले गोर्खा स्पोटीङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । गोर्खाका लागि वर्तमान राईले २६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर २९ औं मिनेटमा धनबहादुर श्रेष्ठले एपिएफ दमकका लागि बराबरी गोल फर्काए ।

नक आउटको आधारमा खेलाईएको खेलमा १० टिमको सहभागिता रहेको छ । आगामी ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. २ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published.

WP Facebook Auto Publish Powered By : XYZScripts.com