सुपर कप अन्तर्गत आज राति युनाइटेड र रियल भिड्दै

युइएफए सुपर कप अन्तर्गत आज (मंगलबार) राति हुने खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिड उपाधिका लागि भिड्नेछन् ।

मेसेडोनियाको फिलिप द्वितिय एरिनामा हुने खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्।

खेल नेपाली समयानुसार मंगलबार मध्यरातको १२:३० बजे हुनेछ।

गएको वर्षको रियल मड्रिड विजेता बनेको थियो । त्यसैगरी रियल मड्रिड लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जित्ने लक्ष्याका साथ खेल्दैछ ।

जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ।

प्रि सिजनको कुनै खेलमा नखेलेका रोनाल्डो सुपर कपमा अधिकांशको ध्यान खिच्ने खेलाडीका रुपमा हेरिएका छन्। उनीसँगै २४ सदस्यीय टोलीमा नयाँ सदस्य डानी सेबालोस र थियो हर्नान्डेज रहेका छन्।

रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमासहितका खेलाडी प्रतिस्पर्धामा उत्रँदै छन् ।

यस्तै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पउल पोग्बा, रामेलु लुकाकु, मार्कश राफोर्ड, क्रिस स्मोलिङसहितका खेलाडीका साथ मैदानमा उत्रने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *