अमेरिकाको हुज हु लिजेन्ड अवार्ड उज्जवललाई

अमेरिकी मार्सल आर्टस् एलाइन्स (एएमएए)ले कराँते खेलाडी उज्ज्वल ठकुरीलाई प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ ।

अमेरिकी मार्सल आर्टस् विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सूचिकृत हुने ठकुरी सम्भवत पहिलो नेपाली खेलाडी हुन् ।

अगस्ट ४ तारिख मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुको साथै अमेरीकी किताबमा उज्ज्वल ठकुरीको नाम लेखिएको छ ।

यो महत्वपूर्ण किताबमा हाँलीवुडका “माइकल जे व्हाइट” सिन्थिया रोदकू सँगसंगै प्रचलित व्यक्तिको नाम र फोटो छापिएको छ ।

“भ्यान डाम स्टाईल” अन्तर्गत शरीरले १४० पाउण्ड एवम दाँतले १०० पाउण्ड वजन उचाल्नुका अतिरिक्त २२ वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम स्टाइल तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।

 

Leave a Reply

Your email address will not be published.