दिनेश मेमोरियल गाईजात्र फुटबल टुर्नामेन्ट हुने

१४ औँ दिनेश मेमोरियल गाईजात्र फुटबल टुर्नामेन्ट-२०७४ यही श्रावन २४ गते हुनेछ। एक दिने फुटबल टुर्नामेन्ट ७ बजे देखि ५ बजे सम्म हुनेछ।

टुर्नामेन्टमा ८ टिम को सहभागिता रहनेछ। जसमा नमुना स्पोर्ट्स क्लब, बुद्ध शान्ति क्लब,ठैब युथ क्लब, नयाँबाटो युथ क्लब, आर.यू.बि.सी, दिपो, खालीबारी र झम्सिखेल युथ क्लब रहेको छ।

टुर्नामेन्टको विजेताले नगद रु. १५ हजार र उपविजेताले नगद रु. ७ हजार ५ सय प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published.