लाइफ टाइम एचिभ्मेन्ट अवार्ड रानाभाटलाई

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो पोखरा स्पोर्टस् अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाट लाइफ टाइम एचिभ्मेन्ट अर्वाडबाट सम्मानित हुने भएका छन्। पोखरा स्पोर्टस् अर्वाड साउन २१ गते २ बजे पोखरा सभागृहमा हुने भएको छ।

वैठकले विभिन्न विद्यामा मनोनयनमा पर्ने खेलाडीहरुको नाम समेत सार्वजनिक गरेको छ।

वर्ष उत्कृष्ट महिला खेलाडी
सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते),
टीका माया गुरुङ्ग (भारोत्तोलन) र
अरुणा शाही (भलिवल)

वर्ष उत्कृष्ट पुरुष खेलाडी
करण केसी (क्रिकेट),
कुमार अधिकारी (लन टेनिस) र
विशाल बस्नेत (ह्याण्डवल)

उदियमान खेलाडी
ममता डगौरा (भलिवल),
दर्शना वुढा मगर र
सागर नेपाली (एथलेटिक्स)

प्रशिक्षक
सुन वहादुर लामा (तेक्वान्दो),
वखतमान श्रेष्ठ (भारोत्तोलन) र
इन्द्रा मल्ल (एथलेटिक्स)

मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विद्याबाट एक/एक जनाले अर्वाडसहित नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसै गरि मञ्चले यस वर्षबाट एउटा अर्वाड थप गरेको छ। यस वर्ष वाट उत्कृष्ट संघलाई समेत सम्मान गरिने भएको छ।

जस अन्तर्गत कास्की जिल्ला लन टेनिस संघलाई उत्कृष्ट संघको रुपमा सम्मानित गरिनेछ। उत्कृष्ट संघलाई नगद १० हजारसहित सम्मान गरिने भएको छ।

लाइफ टाइम एचिभ्मेन्ट अर्वाडबाट सम्मानित हुन लागेका ६९ वर्षिय रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए। उनी सन १९७० मा थाइल्ण्डयाको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए।

२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्य समेत रहेका थिए। भुतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगाएत सामाजिक संघ संस्थामा समेत क्रियाशिल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *