नेपाली यू-१९ क्रिकेट टोली आज स्वदेश फर्कंदै

आइसीसी यू-१९ विश्वकप छनोट खेल्न सिंगापुर पुगेको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्कंदै छन् ।

नेपालले ६ खेलमा ४ जित हासिल गरेको हो। ८ अंकसहित उपविजेता बनेको नेपाली टोली विश्वकपमा छनोट हुन असफल रहेको थियो।

आज मध्यान्ह १२ बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

नेपालले सिंगापुर र मलेसियालाई दुवै खेलमा पराजित गरेपनि अफगानिस्तानसँग भने दुवै खेलमा हारेको थियो। अफगानिस्तान प्रतियोगिताको विजेता बन्दै विश्वकपको लागि छनोट भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *