नर्वे कप खेल्ने विद्यार्थी फुटबल टोलीको बिदाइ

नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई आज (बुधबार) काडाँघारीस्थित अक्षरा स्कुलमा एक कार्यक्रमबीच बिदाई गरिएको छ । टोली शुक्रबार नर्वे प्रस्थान गर्नेछ ।

जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक राम श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका हुन्। सो सामाग्री पनि श्रेष्ठले कार्यक्रममै सम्बन्धितलाई हस्तान्तरण गरे ।

सेभेन ए साइडको प्रतियोगितामा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋता दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपानेको टोली सहभागी हुनेछन् । टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वल प्रताप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना रहेका छन् ।

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, अक्षराका निर्देशक राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, रुस्लान थ्रीस्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *