एन्फाको कार्यसमिति बैठक बिनानिष्कर्ष टुंगियो

एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

आज (बुधबार) बसेको बैठकमा सदस्यहरुले गल्ती गर्ने व्यक्तिलाई कारवाही गर्नु पर्ने र एन्फाको कोषमा रहेको रकम क्षतिपूर्तिका रुपमा दिन नहुने भनेपछि विवाद भएको हो । बैठकले कुनै निर्णय गर्न नसकेपछि बिहीबार दिउँसो १ बजे बस्नेगरी टुंगिएको हो ।

एन्फाको गल्तीका कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।

एशियाली फुटबल महासंघ एएफसीले ३ पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्री स्टार क्लव दोश्रो चरण खेल्न वञ्चित भएको थियो ।

थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभित्र भएपनि आसन्न साधारणसभामा यो विषय उठ्नसक्ने भएकाले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार नभएको बुझिएको छ ।

बैठकमा तीन महिनापछि हुने एन्फाको निर्वाचन, ‘ए’ डिभिजन लिग सन्चालनलगायतका विषयमासमेत छलफल भएको छ ।

 

Leave a Reply

Your email address will not be published.

WP Facebook Auto Publish Powered By : XYZScripts.com