अन्तरविद्यालय बास्केटबलमा इनोभेटिभ क्वाटरफाइनलमा प्रवेश

११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा इनोभेटिभका छात्र र छात्रा दुवै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

छात्रतर्फ इनोभेटिभले डाफोडिललाई ४०–२७ ले पराजित गरेको हो ।

छात्रातर्फ इनोभेटिभले विल्सन एकेडेमीलाई ४३–११ को फराकिलो अन्तरले पराजित गर्यो ।

छात्रतर्फ विल्सन, नेपाल सेन्ट्रल र ओडिसी इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । विल्सनले काठमाडौं जेभियरको चुनौती ४३–२८ ले पन्छाउन पुग्यो ।

नेपाल सेन्ट्रलले माउन्ट कैलाशमाथि २९–२८ को कठिन जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published.