नेपालसंग मलेसिया ५ विकेटले पराजित

आइसिसी यु-१९ विश्वकप छनौट अन्तर्गत आज (सोमबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।

९० रनको लक्ष्य पछ्याएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । त्यस्तै सन्दीपले १५, अनिले १२, प्रनित थापाले ८ रन बनाए ।

मलेसियाका विरानदिप सिंहले ३ र हाफिजुद्दिनले २ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले ७ विकेट लिए । यस्तै साहब आलमले २ विकेट लिएका छन् ।

खेलको म्यान अफ दी म्याच सन्दिप बने । जारी प्रतियोगितामा तेस्रो पटक म्यान अफ दी म्याच बनेका छन् ।

पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।

Leave a Reply

Your email address will not be published.