रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा कोकाकोला कप हुने

खेलकुद नेपाल,

हिमालयन मनोज

रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा कोकाकोला कप अन्तर विद्यालय छात्र र छात्रा रष्ट्रिय फुटबल प्रतियोगिता २०७४ हुने भएको छ।

प्रतियोगितामा छात्र तर्फ प्रथम पुरस्कार रु.३०,००० (तीस हजार), दोस्रो पुरस्कार रु.२०,००० (वीस हजार) र प्रत्येक दुई सेमिफाईनल पुग्ने उपविजेता टिमलाई रु. ५००० (पाँच हजार) को दरले उपलब्ध गराईनेछ । उत्कृष्ट ५ विधामा २ हजारको दरले पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेलाई रु.१०,००० (दश हजार) र दोस्रो हुनेलाई रु. ५००० (पाँच हजार) उपलब्ध गराईनेछ ।

सहभागी स्कुलहरु : 
१ स्कलर्सहोम ई. बो. स्कुल (रातो)

२ समिट ई. बो. स्कुल

३ सिध्दी चिल्द्रेन एकेडेमी

४ स्मिर्ती बो. ई. स्कुल, (सेतो)

५ जनज्योती मा. वि.

६ मोतिपुर मा. वि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *