नेपाली राष्ट्रिय टोली प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि जापान जाने

एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा जाने भएको छ ।

नेपाली टोली यही साउन २५ गते १० दिनका लागि जापान जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।

एसियन कप छनोट अन्तर्गत् आगामी भदौ २० गते नेपालले ताजकिस्तानविरुद्ध खेल्नेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले हारेको नेपालले घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ ।

फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा सामेल छन् । यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published.