म्यान्चेस्टर सिटीका गोलकिपर जोय हार्ट वेष्ट हृयाम जाने

म्यान्चेस्टर सिटी तथा इंग्ल्याण्डका गोलरक्षक जोय हार्ट लोनमा वेष्ट हृयाम जाने भएका छन् ।

सिटीले ३० वर्षीय हार्टलाई उनको चाहना अनुसार वेष्ट हृयाम जाने अनुमति दिएको बताइएको छ । म्यान्चेस्टर सिटी र वेष्ट हृयाम ४.५ मिलियन पाउण्डको लोन सम्झौतामा तयार भएको हो ।

हार्टले इंग्ल्याण्डका लागि ७१ क्याप जितेका छन् भने म्यान्चेस्टर सिटीबाट २ पटक प्रिमियर लिग उपाधि जितेका छन् ।

४ अगष्टमा हुने प्रि-सिजन खेलमा बन्हेक लिगका खेलहरुमा हार्ट म्यान्चेस्टर सिटीबिरुद्ध खेल्ने छैनन् ।

The news was confirmed by club on Twitter, as well as by West Ham chairman David Gold

Leave a Reply

Your email address will not be published.