नेपाल र लेबनान आज भिड्दै

एएफसी यू-२३ च्याम्पियनसिप अन्तर्गत आज (बुधबार) अन्तिम खेलमा नेपाल र लेबनान भिड्दै छन् ।

नेपाल र लेबनान पहिलो २ खेलमा नै पराजित भएको छ। तर, लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ।

नेपालले पहिलो खेलमा युएईसँग ५-० को फराकिलो अन्तरको हार व्येहोरेको थियो भने दोश्रो खेलमा उज्वेकिस्तानसँग २-० ले पराजित भयो।

त्यस्तै लेबनान पहिलो खेलमा उज्वेकिस्तानसँग ३-१ले पराजित भएको थियो भने दोश्रो खेलमा युएईसँग १-० ले हार्यो।

समूहको शीर्षस्थानको टोलीको टुङ्गो लगाउन आज हुने पहिलो खेलमा घरेलु टोली युएई र उज्वेकिस्तान खेल्दैछन्। खेल बराबरी भएको अवस्थामा युएई समूह विजेता बन्नेछ।

नेपाल र लेबनानको खेल नेपाली समयानुसार रातको ११ बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *