नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत आज (मंगलबार) भएको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।

५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको हो । नेपालको जितमा अफिस शेखले सर्वाधिक २३ रन, प्रनित थापा मगरले अविजित १८ रन,सन्दिप सुनारले ६ रन, आदील खानले ५ रन, दिपेन्द्र सिंह ऐरीले ४ रन बनाए । रोहित कुमार पौडेलले चौका प्रहार गर्दै ६१ रन पुर्याएपछि नेपालको जित पक्का भएको थियो।

मलेसियाका लागि हफिजुद्दीन घफारले ३ विकेट र हैकल खेरले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २५ अोभर ५ बलमा ५८ रन मात्र बनायो । मलेसियाका लागि भिरणदिप सिंह र हैकल खैरलेले समान ९ – ९ रन, सैफुल्हा मल्लिकले ८ रन तथा अमर हजालनले ७ रन बनाए । मलेसियाका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसक्दा ३ ब्याट्सम्यानले आफ्नो रनको खाता खोल्न सकेका थिएनन्।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ८.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए भने पवन शर्राफले ३ ओभरमा ९ रन दिंदै ३ विकेट हात पारे। त्यस्तै सन्दिप सुनार र किशोर महतोले १/१ विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । अब तेस्रो खेलमा बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published.