कोका–कोला फुटबल प्रतियोगितामा डिएभी स्कुल विजयी

नेपाल नन्द किशोर पुनद्वारा एन्फा कम्प्लेक्समा आज (मंगलबार) एन्फा कम्प्लेक्समा कोका–कोला अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उद्घाटन भएको छ।

आज भएको उद्घाटन खेलमा डिएभी स्कुलले ड्रिम ल्याडलाई २-० ले पराजित गर्यो। डिएभीका लागि अन्यान पराजुली र नायब हुस्सेनले गोल गरे।

प्रतियोगिता अन्तर्गत बिभिन्न ४४ जिल्लाहरु १५०० स्कुल सहभागी छन्।

यस अन्तिम चरणमा प्रथम हुने बिद्यालयका टिमलाई छात्र तथा छात्रा तर्फ नगद पुरस्कार रु.३ लाख रुपैया, द्धितिय हुने टिमलाई रु.१ लाख रुपैया, तृतिय हुने टिमलाई रु.५० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड, पदक र प्रमाण–पत्र प्रदान गरीनेछ ।

उत्कृष्ट खेलाडीहरु तथा प्रशिक्षक गरी ५ बिद्याका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद रु पांच हजार रुपैया नगद पुरस्कारबाट प्रोत्साहन स्वरुप प्रदान गरीनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव १ करोड १५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ । प्रतियोगितालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट २० लाख प्रायोजक बोटलर्स नेपालबाट ५० लाख उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published.